कांग्रेस-एमाले सत्ता सहकार्य टुट्दैन: रुवाली
काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका युवा नेता एवं वाग्मती प्रदेश समितिका प्रबक्ता तिलक रुवालीले कांग्रेस-एमालेबिचको बर्तमान सत्ता सहकार्य नटुट्ने दावी गरेका छन् ।
परेवान्युजसँगको विशेष कुराकानीमा प्रबक्ता रुवालीले यो सत्ता सहकार्य ०८४ को निर्वाचन सम्म रहने बताए। उनले दुई दलको सहकार्यलाई अहिले शंकाको नजरले हेर्न आवश्यक नभएको समेत बताए।
तेस्रो शक्ति भएर पनि नेकपा माओवादी केन्द्रले ठुला दुई पार्टीलाई अल्मल्याउने र उथलपुथल गर्छु भन्दै घमण्ड देखाएपछि जनताको पक्षमा कामगर्ने स्थायी सरकार बनाउनुपरेको उनको तर्क छ। उनले यो सरकारलाई काम नगर्ने र असफल हुने छुट नभएको पनि सुनाए।
हेरौं उनीसँगको भिडियो कुराकानी :