बिबिए कप क्रिकेट: साविक विजेता पिवाइसीलाई हराउँदै एनसिसी फाइनलमा

काठमाडौं, २० असार । आयोजक एवम् साविक विजेता पब्लिक युथ क्याम्पसलाई हराउँदै नेपाल कमर्स क्याम्पस एनसिसी जारी बिबिए कप क्रिकेटको फाइनलमा पुगेको छ ।

बिहिबार विहान भएको पहिलो सेमिफाइनलमा एनसिसीले पिवाइसीलाई डिएल पद्धतिबाट १९ रनले हराएको हो । वर्षाले अवरूद्ध भएपछि ८ ओभरमा ४६ रनको लक्ष्य पाएको पिवाइसीले ८ ओभरमा ७ विकेट गुमाएर २५ रन मात्र बनाउन सक्यो । राहुल राउत सर्वाधिक ८ रनमा अविजित रहे । एनसिसीका असित थपलियाले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एनसिसीले २० ओभरमा सबै विकेट गुमाएर १०० रन बनाएको थियो । दिपेश न्यौपानेले सर्वाधिक २८ रन बनाए भने अरुण शाक्यले २५ रन बनाए । पिवाइसीका राहुल राउतले ४ विकेट लिए भने सुशान्त सिंहले २ विकेट लिए ।

पिवाइसीले पछिल्ला चार वर्ष लगातार रुपमा बिबिए कप क्रिकेटको उपाधि जित्दै आएको थियो । यसपटक भने पिवाइसीको विनिङ स्ट्रिकमा एनसिसीले ब्रेक लगाइदिएको छ ।

हिजो नै हुने भनिएको दोस्रो सेमिफाइनल वर्षाका कारण आजलाई सारिएको छ । अहिले विहान ८ बजे काठमाडौं मोडल कलेज र केसि एमआइटी खेल्दै छन् ।

उपाधि भिडन्त शनिबार हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय