रास्वपा विवाद :मध्यरातमा महामन्त्री मुकुल ढकाल निलम्बित

काठमाडौं । अन्ततः पार्टी महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले मध्यरातमा केन्द्रिय समिति बैठक सकेको छ।

पार्टी प्रबक्ता समेत रहेका महामन्त्री ढकाल पार्टी स्थापनादेखि सभापति रवि लामिछानेको ‘कोर टिम’ भित्र रहेर काम गर्दै आएका थिए। पार्टीले २१ सिट जित्दा पनि उनले सांसद वा कुनै लाभको पदमा दाबी गरेका थिएनन् । तर,पुराना दलको पछि लाग्दा ‘पार्टी बिग्रन लाग्यो’ जोगाएर अघि बढौ भन्ने उनको प्रस्तावकै कारण मुकुल माथी पार्टीले अनुशासनको कैँची चलाएको छ।

देशको ३२ भन्दा बढी जिल्ला घुमेर ३२ पृष्ठको प्रतिबेदन तयार पारेका महामन्त्री ढकाललाई उक्त प्रतिबेदन सार्बजनिक गर्नु थियो तर,पार्टी नेतृत्व त्यसलाई लुकाउन चाहन्थ्यो। त्यसैले केन्द्रिय समिति बैठक लाइभ गरौं भन्ने उनको प्रस्ताव समेत अस्विकृत भएपछि बुधबार दिनभरि केन्द्रीय समिति बैठकमै उनी  मुखमा कालो टेप टाँसेर बसेका थिए ।

बैठकको मुख्य एजेन्डा नै महामन्त्री ढकालको समीक्षा प्रतिवेदनबारे छलफल गर्ने भएपनी बैठकमा महामन्त्री माथी नै ‘ह्यारेसमेन्ट’ गरियो र बैठक बिचमै छाडेर महामन्त्री निस्किए ।त्यसपछि पुनः बसेको बैठकले उनलाई निलम्बन गरेको छ। उनलाई महामन्त्री र प्रबक्ताबाट ७ दिनको लागि निलम्बन गरेको उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ।

पार्टीले इलामको उपउपचुनावमा नराम्रो पराजय भोगेपछी रास्वपाले नै समीक्षा प्रतिवेदन तयार पार्न महामन्त्री ढकाललाई जिल्लामा खटाएको थियो । सोही अनुरुप असार १२ गते उनले पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाए। तर, त्यो प्रतिबेदन पार्टीले भन्दा पहिले मिडियाले थाहा पाए र त्यसैमा बहस हुँदाहुँदै सभापति र महामन्त्रीको दूरी बढ्दै गएको रास्वपा नेताहरूको बुझाइ छ।

सुरुमा प्रतिबेदन किन बाहिर सार्बजनिक गरेको भनेर पार्टी अनुशासन आयोगले महामन्त्री ढकाललाई स्पष्टीकरण सोध्यो र बुधबारको बैठकमा उनले कालो टेप लगाएर उपस्थित भएपछि परिस्थिति झन् बिग्रीयो।

बैठकपाछी त झन महामन्त्री ढकाल पार्टी सभापति विरुद्ध खरो उत्रिए ।उनले रास्वपालाई रविको पार्टी भन्ने गरेको समेत आरोप लगाए। उनले रविले देश बनाउँछन् भनेर सहयोग गरेको, तर गृहमन्त्री भएपछि देश बनाउँदैन भन्ने निष्कर्षमा आफू पुगेको समेत ढकालले बताए। उनले प्रहरी संरचना भत्काउन र डीएसपी सरुवासम्म रवि संलग्न भएको आरोप पनि लगाए।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय