फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनलमा
काठमाडौं, १८ असार । फ्रान्स र पोर्चुगल जारी युरोकप फुटबल २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको अन्तिम १६ को खेलमा फ्रान्सले बेल्जियम तथा पोर्चुगले स्लोभेनियालाई हराएका हुन् ।

फ्रान्सको जीतमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको ८५औं मिनेटमा जान भर्टोनगेनबाट आत्मघाती गोल हुँदा बेल्जियम अन्तिम समयमा गएर खेलमा पछाडि परेको थियो । कोलो मुआानीको प्रहार भर्टोनगेनलाई लागेर गोल भएको थियो । त्यसपछि बेल्जियम खेलमा फर्कन सकेन । खेलमा त्यसअघि पनि दुवै टोलीले केही सुन्दर मौकाहरु पाएका थिए ।

उता पोर्चुगलले भने स्लोभेनियालाई टाइब्रेकरमा ३-० गोलले हरायो । निर्धारित समय र अतिरिक्त मा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले स्लोभेनियाका तीनवटै प्रहार बचाए । त्यसअघि खेलको १०५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेका थिए ।
अब सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र फ्रान्स नै आमनेसामने हुनेछन् ।