राजदूत बन्न २४० जना आवेदन सहित लाइनमा !

काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्ता गठबन्धनमा रहे बापत भागबन्डाबाट पाएको २ देशको राजदूत बन्नका लागि सार्वजनिक गरेको बिज्ञापनमा  २४० जनाले आवेदन दिएका छन्।

पार्टीले बनाएको सिफारिस समितिसमक्ष अनलाइन फर्म र इमेलमार्फत २४० भन्दा बढी नाम प्राप्त भएको र तीमध्येबाट ७ जनाको नाम सभापति रवि लामिछानेलाई आइतबार बुझाइएको छ। सभापति लामिछानेले ७ जनाको नाम हेरेर त्यसबाट २ जना छान्न उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिखिर खनाललाई नै जिम्मा दिएका छन्।

रास्वपाले नेपाल र विदेशमा ख्याति कमाएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति लामिछानेलाई बुझाइएको र त्यस मध्यबाटै सिफारिस हुने भनेको छ। रास्वपाले विभिन्न ७ वटा मापदण्ड राखेर राजदूत बन्न इच्छुकलाई आवेदन दिन आव्हान गरेको थियो।

यद्यपि रास्वपा भित्र राजदूत भागबन्डा लिन नहुने कुरादेखि सरकार छाड्ने सम्मका कुरा आइरहेका छन् । महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिबेदनमा एमाले माओवादीसँगको सम्पर्क र सम्बन्ध सहित सरकार छाडेर काठमाडौंका मेयर बालेन शाह संग मिल्नुपर्ने र प्रदेश संरचना खारेजीको मुद्दा  लिएर अघि बढ्नुपर्ने उल्लेख छ। यसैको लागि छलफल गर्न रास्वपाले १९ गते केन्द्रिय समिति बैठक बोलाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय