सुनिल खड्का कमेडी च्याम्पियन

काठमाडौं ।काठमाडौ दक्षिणकालीका सुनील खड्काले कमेडी च्याम्पियन तेस्रो संस्करणको उपाधि जितेका छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा दुईजना प्रतिस्पर्धी ऋषव काफ्ले र सुयसा खनाललाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्।उनले २५ लाख नगदसहित सीजी मोटर्सको विद्युतीय गाडी नेटा भी कार लगायतका अन्य पुरस्कार पाएका छन्।
फस्ट रनरअप काफ्ले र सेकेन्ड रनरअप खनालले स्कुटर जितेका छन् ।यसअघि पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनेका थिए।

