काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा चालकको च्यान गयो

काठमाडौं, १४ असार । काठमाडौंको रामकोटमा शुक्रबार विहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका-६ मा पर्ने रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खस्दा चालक सोही स्थानका पूर्ण दर्नालको मृत्यु भएको हो ।

विहान करिब पौने ६ बजे स्थानीयले कार खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । कारलाई अहिले बाहिर निकालिसकिएको छ ।

राति भारी वर्षा भइरहेका बेला कार त्यहाँ खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय