सेमिफाइनलमा अफगानिस्तान ५६ रनमै अलआउट

काठमाडौं, १३ असार । आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल खेलहरु आज हुँदै छन् । पहिलो सेमिफाइनलमा अहिले दक्षिण अफ्रिका र अफगानिस्तान खेलिरहेका छन् ।
पहिलोपटक विश्वकपको सेमिफाइनल खेलिरहेको अफगानिस्तान ५६ रनमै अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ् रोजेको अफगानिस्तान सस्तैमा समेटिएको हो । अजमतुल्लाह ओमरजाइले सर्वाधिक १० रन बनाए । अन्यले दोहोरो अंक बनाउन सकेनन् ।
दक्षिण अफ्रिकाका मार्को यान्सेनले ३ ओभरमा १६ रन दिएर ३ विकेट लिए । तब्रेज शाम्शीले १.५ ओभरमा ६ रन दिएर ३ विकेट लिए । कगिसो रबाडा र एनरिच नोर्त्जेले २-२ विकेट लिए ।

