मेलम्ची खानेपानी काठमाडौं पठाउन बन्द

काठमाण्डाै।मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।

मेलम्ची नदीको बहाव बढेर बाढी आएर धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। बाढी आएसँगै पानी धमिलिन थालेकाले आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको हो। लामिछानेका अनुसार अब वर्षा कम भएपछि मात्रै आयोजना पुनः सञ्चालन हुने छ ।

गएको जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो तर ठूलो वर्षा नभएकाले आजसम्म सञ्चालन गरिएको हो । समितिका कार्यकारी निर्देशक लामिछानेका अनुसार परामर्शदाता तथा एशियाली विकास बैंकले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेको छ । अब मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन् ।

औसत समयअनुसार नेपालबाट अक्टोबर २ तारिखमा मनसुन बाहिरिन्छ । मनसुनजन्य विपत्तिबाट आयोजनाको ‘हेडवर्क्स’ मा हुन सक्ने क्षति रोक्न वर्षायाममा आयोजना बन्द गरिँदै आएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...