नेपाल आइडल सिजन ५ को उपाधि करणले जिते

काठमाडौं, ९ असार । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्।
परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार हात पारे । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए । फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए।
त्यस्तै, थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए। उनले स्कुटर पुरस्कार पाए।

