चितवनको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशुलीमा खस्यो
चितवन, ३२ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ बजार नजिकै शुक्रबार विहान कार र बस ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ४०६० नम्बरको रात्री बस बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोकिएपछि त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा परी बसका १५ जना र कारका जना घाइते भएका हुन् । प्रहरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन्।
बसमा ४५ जना यात्री रहेकामा अन्य सबै यात्रीको अवस्था भने सामान्य छ । गम्भीर घाइते भएका कारका यात्रुलाई उपचारका लागि चितवन पठाइएको छ ।