सन्दीप वेस्ट इन्डिज प्रस्थान, विश्‍वकपका दुई खेल खेल्ने: क्यान

काठमाडौं, २८ जेठ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने टी-२० विश्‍वकपका दुई खेल खेल्नका लागि वेस्ट इन्डिज प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ क्यानले सोमबार विहान दिएको जानकारी अनुसार उनी वेस्ट इन्डिज प्रस्थान गरिसकेको र त्यहाँ हुने नेपालको खेलका लागि टोलीमा समावेश हुने छन् ।

सन्दीप गत मे १६ तारिखदेखि नै आधिकारिक स्कवाडमा रहेको तर अमेरिकाको भिसा प्राप्त नभएको हुँदा वेस्ट इन्डिजमा हुने खेलहरुका लागि भने आइसिसीसँग समन्वय गरेपश्चा्त अब समावेश हुने जानकारी क्यानले दिएको छ । क्यानका अनुसार सन्दीप टोलीमा समावेश भएसँगै प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भ बनाइएको छ ।

यसका साथै सन्दीपको भिसासँग सम्बन्धित रहेर क्यानप्रति लक्षित गरी गरिएको नकारात्मक वक्तव्यबाजी र टिप्पणीहरु सत्य नरहेको पनि क्यानले प्रस्ट पारेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय