चलचित्र ‘पूर्णबहादुरको सांरगी’को छायांकन रुम्जाटारमा

काठमाडौं, २८ जेठ । नयाँ नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को छायांकन सुरु भएको छ । प्रकाश सपुतको मुख्य भुमिका रहेको चलचित्रको धेरैजसो दृश्य ओखलढुंगाको रुम्जाटारमा छायांकन गरिनेछ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रका प्राविधिक सहितको निर्माण टिम यतिबेला रुम्जाटारमा छ।छायांकन सुरु गर्दाको दृश्य पनि रुम्जाटारकै छ । जसमा प्रकाश सपुत र वालकलाकार जान्भी पौडेलले अभिनय गरेका थिए।
निर्माण अगाडी नै चर्चामा रहेको यो चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्दैछन् । चलचित्रको लेखक पनि उनी आफैं हुन् । चलचित्रमा प्रकाश सपूत सहित विजय बराल, मुकुन भुसाल, अञ्जना बराइलीको पनि शीर्ष भूमिका छ । अन्जना बराइलीको पछिल्लो चलचित्र पुजार सार्की भब्य प्रदर्शन भैरहेको छ।
यसैगरी देशभक्त खनाल,माओत्से गुरुङ,विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङको पनि चलचित्रमा अभिनय देख्न पाइनेछ।सामाजिक बिषयलाई नै नाटकिय ढंगले चलचित्रको पर्दामा देखाउन खोजिएको यो फिल्ममा सारङ्गी बजाएर जीवन जिउने गन्धर्व परिवारको कथा भन्न खोजिएको छ।
बिनोद सुवेदी र प्याट्रीक सुवेदीको लगानीमा बन्ने चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगी वादन रहनेछ।चलचित्र २०८२ बैशाख मा प्रदर्शन गर्ने तयारी छ।

