भारतमा मोदीको तेस्रो कार्यकाल सुरु, को-को भए मन्त्री (नामावली सहित)

Photo: AP

काठमाडौं, २७ जेठ । भारतमा आगामी कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले सपथ लिएका छन् । उनले ६९ सदस्यीय मन्त्रीमण्डल पनि गठन गरेका छन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित छिमेकी राष्ट्रका राष्ट्रपति,उपराष्टपति र प्रधानमन्त्रीको उपस्थितिमा मोदीले नयाँ कार्यकालको लागि सपथ लिएका थिए। यो उनको तेस्रो कार्यकाल हो।

यी हुन् नयाँ मन्त्री :-

गुजरातबाट ५ जना मन्त्री भएका छन् । गुजरात प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर हो। यहाँबाट भाजपा नेता अमित शाह सहित एस. जयशंकर,मनसुख मंडाविया,सीआर पाटिल,नीमू बेन बंभनिया मन्त्री भएका छन् ।

यसैगरी हिमाचलबाट जे पी नड्डा मन्त्री बन्दा ओडिशाबाट अश्विनी वैष्णव,धर्मेंद्र प्रधान, जुअल ओरम पनि मन्त्री भएका छन् । यता कर्नाटकबाट निर्मला सीतारमण,एचडीके,प्रहलाद जोशी,शोभा करंदलाजे र वी सोमन्ना मन्त्री भएका छन् ।

उता महाराष्ट्रबाट ६ जना मन्त्री नियुक्त भएका छन ।पीयूष गोयल,नितिन गडकरी,प्रताप राव जाधव,रक्षा खडसे,राम दास अठावले,मुरलीधर मोहोल पनि मन्त्री भएका छन् ।

गोवाबाट श्रीपद नाइक र जम्मू-कश्मीर बाट जितेंद्र सिंह मन्त्री हुँदा मध्य प्रदेशबाट शिवराज सिंह चौहान,ज्योतिरादित्य सिंधिया,सावित्री ठाकुर र वीरेंद्र कुमार मन्त्री भए।

उत्तर प्रदेशबाट ९ जना मन्त्री भएका छन् ।हरदीप सिंह पुरी,राजनाथ सिंह,जयंत चौधरी,जितिन प्रसाद,पंकज चौधरी,बी एल वर्मा,अनुप्रिया पटेल,कमलेश पासवान,एसपी सिंह बघेल मन्त्री बनेका छन् । बिहारबाट भने ८ जना मन्त्री छन् ।चिराग पासवान,गिरिराज सिंह,जीतन राम मांझी,रामनाथ ठाकुर,ललन सिंह,निर्यानंद राय,राज भूषण,सतीश दुबे मन्त्री भएका छन् ।

अरुणाचलबाट किरन रिजिजू र राजस्थानबाट गजेंद्र सिंह शेखावत
,अर्जुन राम मेघवाल,भूपेंद्र यादव,भागीरथ चौधरी मन्त्री हुँदा हरियाणाबाट एमएल खट्टर,राव इंद्रजीत सिंह र कृष्ण पाल गुर्जर मन्त्री भए।

उता केरलबाट सुरेश गोपी,जॉर्ज कुरियनज मन्त्री हुँदा तेलंगानाबाट
जी किशन रेड्डी र बंदी संजय मन्त्री भए।तमिलनाडुबाट एल मुरुगन झारखंडबाट,संजय सेठ र अन्नपूर्णा देवी तथा छत्तीसगढ़ बाट तोखन साहू आंध्र प्रदेशबाट डॉ.चंद्रशेखर पेम्मासानी,राम मोहन नायडू किंजरापु र श्रीनिवास वर्मा मन्त्री भए।

पश्चिम बंगालबाट शांतनु ठाकुर र सुकांत मजूमदार मन्त्री हुँदा पंजाबबाट रवनीत सिंह बिट्टू अनि आसामबाट सर्बानंद सोनोवाल र पबित्रा मार्गेह्रिता पनि मन्त्री भए। उत्तराखंडबाट अजय टम्टा र दिल्लीबाट हर्ष मल्होत्रा मन्त्री भए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...