भारतको लोकसभामा ४० दल बिजयी, कम्युनिस्ट घट्दै अरु कसको कति ?
काठमाडौं ।भारतको लोकसभा चुनावको सबै ५४३ सिटको मतपरिणाम आएको छ। यो चुनावबाट कम्युनिस्ट पार्टी पत्तासाफ भएको छ भने सत्ता पक्षिय दल कमजोर र बिपक्षी दल जुर्मुराएको देखिएको छ।केही प्रदेशमा क्षेत्रीय पार्टीहरु पनि हावी भएका छन् ।
चुनावी परिणाम अनुसार हिन्दुवादी भनिएको भारतीय जनता पार्टी (बिजेपी) ले एकल बहुमत गुमाएको छ। अघिल्लो चुनावमा एक्लै बहुमत ल्याएको भाजपा अहिले खुम्चिएको देखियो। यद्यपि भाजपा सम्मीलित गठबन्धनले भने २९३ सिट जितेको छ। यो सरकार बनाउन आवस्यक (२७२) भन्दा बढी हो।
त्यसैगरी अघिल्ला दुई निर्वाचनमा गम्भीर धक्का व्यहोरेको भारतीय कांग्रेस आइ प्रमुख प्रतिपक्ष दल बन्न सकेको छ। जुन अघिल्लोपटक आबश्यक १० प्रतिशत नहुदा प्रमुख प्रतिपक्षी दल बन्नबाट पनि वञ्चित भएको थियो।
लोकसभाको ५४३ सिटमा भएको चुनावमा भाजपा एक्लैले २४० सिट जितेको छ । गान्धी परिवारको नेतृत्वमा रहेको भारतीय कांग्रेस आईले ९९ सिट ल्याएको छ। उसले अघिल्लो पटक २०१९ मा ५२ र २०१४ को निर्वाचनमा ४३ सिट मात्र ल्याएको थियो। यस पटक कांग्रेसलाई ४७ सिटको फाइदा भएको छ।
तर, भारतको लोकसभा चुनावमा कम्युनिस्टहरु भने नराम्री पराजित भएका छन्। चुनावमा भाग नलिएका कम्युनिस्टहरुले पनि निर्वाचन रोक्न सकेको देखिएन। बहिस्कार गर्नेले चुनावी गतिविधिलाई सामान्य प्रभाव पारेपनी कुनैपनी ठाउँमा स्थगित भएन। चुनाव बहिस्कार गरेको पिपुल्स वार ग्रुप र एमसीसीआइ लडाकु गुरिल्लाले चुनावमा खासै बहिस्कार वा आफ्नो प्रभाव देखाउन सकेनन।
लोकसभा चुनावमा तीन वटा भारतीय कम्युनिस्ट पार्टीहरुले भाग लिएका थिए। सुरभरम सुधाकर रेड्डी नेतृत्वको कम्युनिस्ट पार्टी अफ इन्डियाले ४ सिट जितेको छ। त्यसैगरी सोही पार्टीबाट विभाजित भएर गठन भएको सीताराम येँचुरी नेतृत्वको कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्कसिस्ट) ले पनि २ सिट र अर्को कम्युनिस्ट पार्टीले २ सिट मात्रै जितेको छ।
यसअघि २०१९ को लोकसभा चुनावमा ५ सिट जितेको कम्युनिस्टले २०१४ को लोकसभा चुनावमा जम्मा १० सिट जितेका थिए।२००४ को चुनावमा भने ५५ सिट जितेको थियो।
कसलाई कति सिट ?
१.भाजपा २४० सीट
२.कांग्रेस ९९ सीट
३.समाजवादी पार्टी ३७ सीट
४.तृणमूल कांग्रेस (टीएमसी) २९ सीट
५.द्रविड़ मुन्नेत्र कड़गम (डीएमके) २२ सीट
६.तेलुगू देशम पार्टी (टीडीपी) १६ सीट
७.जनता दल यूनाइटेड (जेडियु) १२ सीट
८.शिवसेना (उद्धव बालासाहेब ठाकरे) ९ सीट
९.राष्ट्रवादी कांग्रेस पार्टी (शरदचंद्र पवार) ८ सीट
१०.शिवसेना ७ सीट
११.लोक जनशक्ति पार्टी (रामविलास) ५ सीट
१२.युवजन श्रमिक रायथू कांग्रेस पार्टी (वाईएसआरसीपी) ४ सीट
१३.राष्ट्रीय जनता दल (राजद) ४ सीट
१४.मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) ४ सीट
१५.इंडियन यूनियन मुस्लिम लीग ३ सीट
१६.आम आदमी पार्टी ३ सीट
१६.झारखंड मुक्ति मोर्चा ३ सीट
१७.जनसेना पार्टी २ सीट
१८.भाकपा (माले) क्रान्तिकारी २
१९.जनता दल सेक्युलर (जेडीएस) २ सीट
२०.विदुथलाई चिरुथैगल काची २ सीट
२१.भारतीय कम्युनिस्ट पार्टी (भाकपा) २ सीट
२२.राष्ट्रीय लोक दल २ सीट
२३.नेशनल कॉन्फ्रेंस २ सीट
२४.यूनाइटेड पीपुल्स पार्टी, लिबरल १ सीट
२५.आसम गण परिषद १ सीट
२६.हिंदुस्तानी आवाम मोर्चा (सेक्युलर) १ सीट
२७.केरल कांग्रेस १ सीट
२८.रिवोल्यूशनरी सोशलिस्ट पार्टी १ सीट
२९.राष्ट्रवादी कांग्रेस पार्टी १ सीट
३०.भ्वाइस अफ द पीपल पार्टी १ सीट
३१.ज़ोरम पीपुल्स मुभमेन्ट १ सीट
३२.शिरोमणि अकाली दल १ सीट
३३.राष्ट्रीय लोकतांत्रिक पार्टी १ सीट
३४.भारत आदिवासी पार्टी १ सीट
३५.सिक्किम क्रांतिकारी मोर्चा १ सीट
३६.मरुमलार्ची द्रविड़ मुनेत्र कड़गम (एमडीएमके) १ सीट
३७.आजाद समाज पार्टी (कांशीराम) १ सीट
३८.अपना दल (सोनेलाल) १ सीट
३९.आजसू पार्टी १ सीट
४०.अल इंडिया मजलिस-ए-इत्तेहादुल मुस्लिम १ सीट
४१.स्वतन्त्र ७ सीट