नेपालद्वारा नेदरल्यान्ड्सलाई १०७ रनको लक्ष्य

काठमाडौं, २२ जेठ । आइसिसी टी-२० क्रिकेट विश्‍वकप अन्तर्गत मङ्गलबार नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेलिरहेको छ । डलासस्थित ग्रान्ड प्रेरी मैदानमा जारी खेलमा नेपालले नेदरल्यान्ड्ससामू १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यस्तै करण केसीले रन बनाउँदा गुल्शन झाले १४ र अनिल शाहले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेदरल्यान्ड्सका टिम प्रिङ्गल र लोगान भान बिकले ३-३ विकेट लिए भने पल भान मिकेरन र बास डे लिडेले २-२ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय