आँप टिप्न हिडेका २ जनाको ट्याक्टर दुर्घटनामा मृत्यु

राजविराज। आँप टिप्न समुहमै हिडेका मानिसहरु चढेको ट्याक्टर दुर्घट्ना हुँदा सप्तरीमा २ जनाको मृत्यु भएको छ। घटनामा अन्य २२ जना घाईते भएका छन्।

जिल्लाको तिरहुत गाउँपालिका स्थित लोहजरा दहबाट आँप टिप्नकै लागि उनीहरु समुहमा कञ्चनपुरतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। उनीहरु चढेको स१त ६२९५ नम्बरको ट्रयाक्टर राती करिव साढे ७ वजे कञ्चनपुर-राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक दुर्घटना भएको थियो।

दुर्घटनामा २ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। इलाका प्रहरी कार्यालय कन्चपुरका डीएसपी महेन्द्र नेपालका अनुसार दुर्घटनामा ट्याक्टरमा सवार अन्य २२ जना घाइते छन।घाइतेहरूको कञ्चनरूप नगरपालिका स्थित धर्मेश्वर हस्पिटलमा उपचार भईरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय