विमानभित्रबाट गन्ध आएपछि उड्न लागेको विमान धावनमार्गबाटै फर्काइयो

काठमाडौं, २० जेठ । काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ । विमानभित्रबाट केमिकलजस्तो केही गन्ध आएपछि उड्न लागेको विमानलाई फर्काइएको हो ।

एक यात्रुका अनुसार विमानभित्र नेलपोलिसको गन्ध आएको थियो । ‘धावनमार्गमा गुडिसकेको विमान नेलपोलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो’, एक यात्रीले भनिन्, ‘त्यसैका कारणले विमान फर्काइएको हल्ला चलेको छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।’

विमानस्थल स्रोतका अनुसार भने एक यात्रुले झोल औषधि बोकेको र त्यही पोखिएर गन्ध आएको हो । कसैले भने कोल्ड ड्रिङ्‍कजस्तो गन्ध आएको बताएका थिए भने कसैले विमानकै इन्धन हुनसक्ने आकलन गरेका थिए ।

विहान ८ः२५ बजेको उडान तालिका भएपनि केही डिले भएको र प्राविधिक परीक्षणपछि मात्र उडाउने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय