आइपिएलको उपाधिका लागि हैदराबाद र कोलकाता खेल्दै
काठमाडौं, १३ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आज समापन हुँदै छ । आज उपाधिका लागि सनराइजर्स हैदराबाद र कोलकता नाइट राइडर्स खेल्दै छन् ।

खेल साँझ पौने ८ बजेदेखि चेन्नईमा सुरु हुने छ । हैदराबादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो भने कोलकाताले पहिलो क्वालिफायरमा हैदराबादलाई नै हराएर सोझै फाइनलमा स्थान बनाएको थियो ।

हाल श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाताले २०१२ र २०१४ मा गरी दुईपटक आइपिएलको उपाधि जित्दा हैदराबादले सन् २०१६ को उपाधि जितेको थियो । हैदराबादको कप्तान प्याट कमिन्स छन् ।
कमिन्सले पछिल्लो समयमा अस्ट्रेलियालाई विश्व टेस्ट च्याम्पियनसिप र भारतमै भएको एकदिवसीय विश्वकप जिताएका छन् । उनी भारतमा ६ महिनाको अन्तरमा अर्को उपाधि जित्ने सोचमा छन् ।
खेल: सनराइजर्स हैदराबाद विरुद्ध कोलकता नाइट राइडर्स
समय: साँझ ७ः४५ बजेदेखि
स्थान: एमए चिदाबरम स्टेडियम, चेन्नई