शाहरुख खानलाई हिट-स्ट्रोक,अस्पताल भर्ना

काठमाडौं ।भारतीय अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक भएपछि आकस्मिक अस्पताल भर्ना गरिएको छ।
आईपीएल क्रिकेटको क्रममा उनलाई हिट-स्ट्रोक भएको बुझिएको छ। अभिनेता खानलाई अहमदावादको अस्पतालमा भर्ना गरिएको र उपचार भैरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।गर्मीको कारण शरीरमा तरल पदार्थको कमी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
हिजो नै अस्पतालबाट डिस्चार्ज भएको चर्चा चलेको भए पनि आज शुक्रबार रातिसम्म डिस्चार्ज हुनसक्ने जनाइएको छ ।तर, अस्पतालले भने शाहरुखको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन ।उनि नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर) टोलीको खेलमा सहभागी हुन अहमदाबाद पुगेका थिए।

