दोस्रो क्वालिफायरमा हैदराबाद र राजस्थान खेल्दै

काठमाडौं, ११ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तरर्गत आज दोस्रो क्वालिफयर खेल हुँदै छ । फाइनल प्रवेशका लागि सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दै छन् ।
खेल साँझ पौने ८ बजेदेखि चेन्नईमा सुरु हुने छ । राजस्थानले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो भने हैदराबाद कोलकाता नाइट राइडर्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्ने चरणमा पुगेको हो ।
आजको खेलको विजेताले आइतबार कोलकाता नाइट राइडर्ससँग उपाधिका लागि खेल्ने छ । हालसम्म कोलकाताले दुईपटक आइपिएल जित्दा हैदराबाद र राजस्थानलेे १-१ पटक जितेका छन् ।

