कान्ति लोकपथमा कार दुर्घटना हुँदा दुईजनाको मृ्त्यु

काठमाडौं, ५ जेठ । कान्ति लोकपथमा शनिबार कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते छन् ।
ललितपुरबाट हेटौंडा जाँदै गरेको ग ३ च ९४७५ नम्बरको कार बकैया गाउँपालिका-१२ ठिंगनमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी कारमा सवार रौतहटका १७ वर्षीय विवेक शाह र मकवानपुरका ६५ वर्षीय पुरुष प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कारका चालक बाराको निजगढ नगरपालिका-६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

