भारतीय फुटबलर सुनिल क्षेत्रीद्वारा सन्यासको घोषणा

काठमाडौं, ३ जेठ । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । क्षेत्रीले बिहिबार विहान सामाजिक सञ्‍जालमा भिडियो राख्दै अब कुवेतविरुद्ध हुने खेल आफ्नो अन्तिम खेल रहने जनाएका हुन् ।

क्षेत्रीले भारतको सिनियर टोलीबाट १५० खेल खेल्दा कुल ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी चौथो नम्बरमा रहेका छन् । सुनिलले चिरपरिचित प्रतिद्वन्दी नेपालविरुद्ध सर्वाधिक ९ गोल गरेका छन् ।

उनले भारतका लागि तीनपटक नेहरु कप, चारपटक साफ च्याम्पियनसिप जितेका छन् । उनको शानदार प्रदर्शनमा भारत २००८ मा  २७ वर्षपछि एसियन कपमा समेत छनौट भएको थियो ।

उनले सातपटक (एआईएफएफ) प्लेयर अफ दि इयर जितेका छन् भने भारतको चर्चित पद्मश्री अवार्ड, खेल रत्‍न अवार्ड र अर्जुना अवार्डबाट पनि सम्मानित भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय