सन्दीपको मुद्दामा जवाफी बहसपछि आजै फैसला आउने उच्च सम्भावना
काठमाडौं, २ जेठ । पाटन उच्च अदालतमा विचाराधीन क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज जवाफी बहस हुँदै छ । आजको बहसपछि फैसला आउने पनि उच्च सम्भावना रहेको छ ।
यस मुद्दामा मङ्गलबार पनि दिनभर बहस भएको थियो । दुवैतर्फका वकिलहरूको बोल्ने क्रम नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासले आज पनि सुनवाइलाई निरन्तरता दिने छ ।
सन्दीपको तर्फबाट दुईजना र गौशला २६ को तर्फबाट ४ जनाले आज बहस गर्नेछन्। त्यसपछि दुवैतर्फबाट जवाफी बहस पनि हुनेछ । त्यसपछि न्यायाधीशद्वय शुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले फैसला सुनाउनेछन् ।
गौशाला २६ लाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।