सन्दीप लामिछानेको मुद्दामा आज पेशी

काठमाडौं, १ जेठ ।  क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि वैशाख १० गतेको इजलासमा पनि हेर्न नभ्याइनेमा परेपछि मुद्दाको पेशी २३ गतेलाई सारिएको थियो र त्यसपछि फेरि सरेको हो ।

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट कागजात मगाउने आदेश दिएकोमा उक्त कागजात प्राप्त भइसकेको छ । अब अन्य केही अवरोधले मुद्दा नपन्छिएमा यसै साता फैसला आउन सक्ने बताइएको छ ।

जिल्ला अदालत काठमाडौँले गत पुस १३ गते लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।

सो फैसलापछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गराएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय