अभिनेता सलोन-करिष्मालाई पुत्रीलाभ

काठमाडौं । नेपाली चलचित्रका निर्देशक सोभित बस्नेतका छोरा सलोन र बुहारी करिष्मालाई पुत्रीलाभ भएको छ।

अभिनेता सलोन बस्नेत र एयरहोस्टेज पत्नी करिश्माले आज बिहान सन्तान लाभ गरेका हुन् । मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएको निर्देशक बस्नेतले जानकारी दिए। अहिले आमा र बच्चा दुबै स्वस्थ छन् ।

निर्देशक बस्नेतले घरमा लक्ष्मीको आगमनले परिवारमा खुशी छाएको प्रतिक्रिया दिए। उनले भने-‘हाम्रोलागी कस्तो गज्जब खुशीको दिन आयो भने नि आमाको मुख हेर्ने दिनमा नातिनीको जन्म भयो। नातिनीले जन्मेकै दिन उनको आमाको मुख हेर्न पाइन्।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय