सोमबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २२ वैशाख । लामो समयको खडेरीपश्‍चात् अन्तत: वर्षाको सम्भावना देखिएको छ । आगामी सोमबारदेखि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना देखिएको हो ।

मौसमविद् उज्जवल उपाध्यायका अनुसार सोमबारदेखि केही दिनसम्म वर्षाको सम्भावना देखिएको छ । उपाध्यायका अनुसार सोमबार पूर्वी पहाडी क्षेत्र, काठमाडौं वरपर तथा गण्डकी क्षेत्रमा राम्रो वर्षाको सम्भावना छ ।

त्यस्तै मङ्गलबार देशैभर वर्षाको सम्भावना रहँदा गण्डकी क्षेत्र, काठमाडौं उपत्यका र वरपरका पहाडी भूभागमा ठुलो वर्षाको सम्भावना छ । बुधबार र बिहिबार पनि काठमाडौं लगायत देशका अधिकांश भूभागमा वर्षाको सम्भावना देखिएको छ ।

लामो समयको खडेरीपछि आगामी साता हुने वर्षाले ठुलो राहत दिने अनुमान गरिएको छ । पछिल्लो समय देशभर विभिन्‍न स्थानमा लागेको डढेलोले गर्दा हावा प्रदुषित बनेको छ भने वातावरणीय स्वच्छताको स्तर कम भएर निकै हानिकारक बनिसकेको छ । प्रदुषण पनि बढ्दै गएकाले विभिन्‍न स्वास्थ्यका समस्याहरु पनि देखिन थालेका छन् ।

अब विस्तारै प्रि मनसुनी गतिविधि सक्रिय हुने र वर्षा हुँदै जाँदा बढ्दो प्रदुषण रोकथाममा ठुलो राहत पुग्‍ने अनुमान छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...