नेपाल र वेस्ट इन्डिज ए बीचको अन्तिम टी२० खेल आज

काठमाडौं, २२ वैशाख । काठमाडौंमा जारी नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० श्रृंखला अन्तर्गत आज अन्तिम खेल हुँदै छ । त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि खेल सुरु हुने छ ।

पाँच खेलको सिरिजमा हालसम्म ४ खेल खेल्दा सिरिज वेस्ट इन्डिजले जितिसकेको छ । अघिल्लो शनिबार भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो भने त्यसपछि लगातार तीन हार व्यहोरेको थियो ।

आइतबारको खेलमा वेस्ट इन्डिज ए १० रनले विजयी भएको थियो भने बुधबारको तेस्रो खेलमा ७६ रन र बिहिबारको चौथो खेलमा २८ रनको जित निकाल्दै वेस्ट इन्डिज ए ले एक खेल अगावै सिरिज कब्जा गरिसकेको छ ।

आउँदै गरेको टी२० विश्‍वकपको तयारीका स्वरुप यस श्रृंखलालाई महत्वका साथ हेरिएको थियो । वेस्ट इन्डिजले पनि हाल नेपाल भ्रमणमा रहेको ए टोलीबाट ३ जना खेलाडी विश्‍वकपको टोलिमा समावेश गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय