‘मनसरा’ले जित्यो मन !

नेपाली कला क्षेत्रका अब्बल कलाकार ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । चलचित्रले शुक्रबार नै दर्शकको मन जितेको छ ।

यसपटक फेरि उपेन्द्र सुब्बाको निर्देशकिय क्षमता अब्बल सावित भएको छ। फिल्मको प्रीमियर मै अतिथि एवं कलाकार र पत्रकारको स्याबासी पाएको निर्देशक सुब्बा समेतको निर्माण टिम र कलाकारले यतिबेला दर्शकको तालीसँगै तारिफ पनि पाएको छ।

दयाहाङ राई र मिरुना मगरको जोडीलाई दोहोर्‍याएका सुब्बाले ‘मनसरा’ मा अर्का कलाकार प्रवीण खतिवडालाई मुख्य भुमिका दिएर न्याय गरेका छन् । प्रवीणले आफुले पाएको भुमिकालाई न्याय गरेका छन् । फिल्ममा उनको अभिनय दमदार छ।

फिल्मका निर्माता शैलेन्द्र डी कार्कीले दर्शकले ‘मनसरा’लाई मनपराएको प्रतिक्रिया दिए। उनले काठमाडौ सहित पुर्वी नेपालमा अझै दर्शकको चाप बढेको र उत्कृष्ट प्रतिक्रिया मिलेको सुनाए।”पुर्वी नेपालमा देखिएको दर्शकको अपार माया शनिबारदेखि देशव्यापी हुनेमा ढुक्क छौं”- उनले भने-,”दर्शकको प्रतिक्रिया पाएपछि हामी झन् बढी उत्साही भएका छौं,केही दिनमा फिल्मले उत्साहजनक ब्यापार गरेको खबर सुन्न पाउनेछौं ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान,विप्लव प्रतीक, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । पुर्वको पाँचथरमा लिम्बु संस्कृति र बाहुन समाजको यथार्थ चित्रण गरिएको चलचित्रमा मिरुना र दयाहाङको जोडी सुहाउँदो छ।

कबड्डी फिल्मको ब्यानरमा निर्माण भएको र निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।फिल्ममा विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय