के बिहान बाथरुममा हर्टअट्याकको जोखिम बढी हुन्छ ?
सामान्य मानिसलाई पनि आकस्मिक रुपमा हर्टअट्याक हुनसक्छ । यसका लागि यही समय वा यही खानपिनको कारण भनेर भन्न मिल्दैन। हर्टअट्याकको जोखिम बढी वा घटी चाहिँ हुनसक्छ ।
स्वस्थ मानिसलाई जोखिम कम र अन्य रोगहरु पनि भएकोलाई बढी जोखिम हुनु स्वभाविक हो।तर,हर्टअट्याकको कारण जेसुकै भएपनी केही तथ्यले के भन्छ भने बिहान सबेरै बाथरुममा वा मर्निङवाक को समयमा केही मानिसलाई हर्टअट्याकको जोखिम बढी देखिएको छ ।
तर, यो अन्तिम सत्य भने होइन। त्यही पनि केही कारण र तथ्यमा छलफल गरौं।
१) बिहानको समयमा हाम्रो ब्लड प्रेशर धेरै हुन्छ। यस्तैमा हामी जब नुहाउनको लागी अधिक चिसो वा तातो पानी टाउकोमा हाल्छौ तब यसले ब्लड प्रेशरमा प्रभावित हुन्छ। यसैकारण हर्टअट्याकको जोखिम बढि हुन्छ ।
२) बिहानको समयमा जब हामी शौचालय जान्छौ तब हामी पेट पुरै तरिकाले सफा राख्नको लागि प्रेशर लगाउछौ। अधिक प्रेशर लगाउदा हाम्रो मुटुमा अधिक दवाब बन्छ जसका कारण हर्टअट्याक आउन सक्छ ।
३) बाथरुमको तापमान घरको अरु ठाउँभन्दा निकै चिसो हुन्छ। यस्तो स्थिति शरीरको तापमानलाई सन्तुलित गर्न र रगत प्रवाह गर्नलाई अधिक कार्य गर्नुपर्छ। यसकारण हर्टअट्याक आउन सक्छ।
हर्टअट्याकबाट बच्ने यस्ता केही तरिकाहरु निम्न छन्:-
१) यदि नुहाउने समयमा अधिक समयसम्म बाथ टब वा पानीमा रहनुभयो भने यसको असर धमनिमा पर्छ । यस्तैमा अधिक समयसम्म बाथ टबमा नबस्नुहोला ।
२) पेट सफा गर्नको लागि अधिक जोर नलगाउनुहोला वा हतार नगर्नुहोला ।
३) बाथरुममा नुहाउने समयमा पानीको तापमानको ध्यान राख्दै सबैभदा पहिला खुट्टा भिजाउनुहोला । त्यसपछि टाउकोमा हल्का पानी हाल्नुहोला । यो तरिकाले पनि बच्न सक्नुहुन्छ ।
४) अधिक समयसम्म एउटै पोजिशनमा नबस्नुहोला । यस तरिकाले तपाई हर्टअट्याकबाट बच्न सक्नुहुन्छ।