वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो टी-२० जित्‍न नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, १६ वैशाख । काठमाडौंमा जारी नेपाल र वेस्ट इन्डिज ए बीचको टी२० श्रृंखला अन्तर्गत आइतबार दोस्रो खेल भइरहेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेल जित्‍न नेपालले १६१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो । वेस्ट इन्डिजका लागि कप्तान रस्टन चेजले अर्धशतकीय पारी खेले । चेजले ४६ बलमा ७४ रन बनाएर अन्तिम ओभरमा आउट भए । त्यस्तै अलिक अथानाजेले ४७ रन बनाए । किएसी कार्टीले ३८ रन बनाए ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय