इलाम-२ को पहिलो मत परिणाम सार्बजनिक

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ को मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको छ।

मत परिणाम अनुसार नेपाली कांग्रेसका डम्बर खड्काले ६५७ मत पाएका छन् । यसैगरी एमालेका उम्मेदवार सुहाङ नेम्बाङले ५३४ मत,राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत पाएका छन् ।

यो परिणाम फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को हो। अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसले ८०९ मत पाएको थियो। तर यसपटक उसको मत कम र एमालेको बढेको देखिन्छ।

इलामको सम्पुर्ण मत परिणाम भोलिसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ। यहाँ राजनीतिक दलमा आवद्ध १२ र स्वतन्त्र उम्मेदवार ७ जना चुनावी मैदानमा थिए।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय