बिहेकै दिन बेहुली भागेपछी बेहुला र जन्ती रित्तै…!

काभ्रे, १६ वैशाख । कहिलेकाहीँ भारतीय संचार माध्यममा आउने जस्तो खबर अब नेपालमै आउन थालेको छ। काभ्रेमा विवाहको दिन बेहुली फरार भएपछि बेहुला र जन्ती रित्तै फर्किएको खबरले भारतीय खबर बिर्साइदिएको छ

खबर अनुसार धुलिखेल नगरपालिका- ३, छापडाँडाबाट बिबाहकै दिन बेहुली फरार भएपछि बेहुला रित्तै फर्किएका हुन् ।बेहुली बनेकी २६ वर्षीय मन्दिरा थापा मगरको बैशाख १४ गते सोही नगरपालिकाको वडा नम्बर- ४ घर भएका लक्ष्मण राना मगरसँग बिबाह हुँदै थियो । विवाहका लागि बेहुला लक्ष्मण जन्ती लिएर जादै पनि थिए । बनेपाको चण्डेश्वरी मन्दिरमा विवाह हुने तय भएको थियो । बिबाहका लागि भोज, गरगहना सबै तयारी अवस्थामा थिए ।

तर, जन्ती आइपुग्नु अगाडि नै बेहुली थापा मगर भने फरार भएको खबर आयो। स्रोतका अनुसार, उनी श्रृङ्गार गर्न जाने क्रममा फरार भएकी हुन् । बेहुली फरार भएपछि बेहुलीका आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय