नेपाल र वेस्ट इन्डिज ए बीच आज दोस्रो टी२० खेल हुँदै

काठमाडौं, १६ वैशाख । काठमाडौंमा शनिबारदेखि सुरु भएको नेपाल र वेस्ट इन्डिज ए बीचको टी२० श्रृंखला अन्तर्गत आज दोस्रो खेल हुँदै छ । त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि खेल सुरु हुने छ ।

शनिबार भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ५४ बलमा १० चौका र ५ छक्का मद्दतले ११२ रन बनाएका थिए ।

पहिलो खेलमा नेपालले नियमित ओपनर आसिफ शेख तथा बलरद्वय करण केसी र सोमपाल कामीलाई आराम दिएको थियो । कमलसिंह ऐरी र प्रतिश जिसी खेलेका थिए । आज दुईमध्ये एक परिवर्तन गर्न सक्ने सम्भावना छ ।

पाँच खेलको श्रृंखला अन्तर्गत तेस्रो खेल बुधबार हुनेछ भने चौथो खेल बिहिबार र अन्तिम खेल शनिबार हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय