इलाम र बझाङमा मतगणना शुरु हुँदै


काठमाडौं । हिजो शनिबार सम्पन्न इलाम र बझाङमा आज मतगणना सुरु हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहानसम्म मतगणना सकिने समेत जनाएको छ।
गणना सुरु गरेर लगभग १२ घन्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भएको आयोगको भनाइ छ। इलाममा अहिले ८ बजेबाट र बझाङमा ११ बजेबाट मतगणना सुरु गर्ने तयारी छ।

इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्

उपनिर्वाचनमा ५९ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्।

राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरि १९ उम्मेदवार प्रतिस्पर्धामा रहेको इलाममा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय