वेस्ट इन्डिज ए द्वारा नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौं, १५ वैशाख । काठमाडौंमा आजदेखि सुरु भएको नेपाल र वेस्ट इन्डिज ए बीचको टी२० श्रृंखला अन्तर्गत शनिबार पहिलो खेल भइरहेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेल जित्‍न नेपालले २०५ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०४ रन बनायो । वेस्ट इन्डिजका लागि कप्तान रस्टन चेजले अर्धशतकीय पारी खेले । चेजले ४६ बलमा ७४ रन बनाएर अन्तिम ओभरमा आउट भए । त्यस्तै अलिक अथानाजेले ४७ रन बनाए । किएसी कार्टीले ३८ रन बनाए ।

नेपालका लागि अविनाश बोहरा, कप्तान रोहित पौडेल, कमल सिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय