भ्यागुताको बिहेमा वडाध्यक्ष जन्ती गएपछि …..

 

हेटौंडा ।यो समय मान्छेको बिहे मात्रै होइन भ्यागुताको बिहेको समेत लगन जुरेको छ।अनि मानिसको बिहेमा जन्ती जाने चलन पुरानै भएपनी आजभोलि भ्यागुताको बिहेमा समेत बाजागाजा सहित मानिसहरू नाच्दै गाउदै जन्ती जान थालेका छन् । त्यसमा पनि निर्वाचित जनप्रतिनिधि नै भिआइपी जन्ती बन्ने गरेका छन्।

लामोसमयदेखि पानी नपरेपछि हेटौंडामा यसैसाता भ्यागुतोको विवाह गरिएको छ । जसमा जनप्रतिनिधि सहित स्थानीय जन्तीको रुपमा गएका छन् ।पानी नपर्दा स्थानीय सर्वसाधारणको जनजीवन कष्टकर भएको भन्दै हेटौंडा–१६ का स्थानीयहरुले भ्यागुतोको विवाह गरेका हुन् । स्थानीयहरुले एक जोडी भ्यागुताको विवाह गराएका हुन् ।

हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको उपस्थितिमा स्थानीयहरुले बाजागाजासहित भ्यागुतोको विवाह गरिदिएका हुन् । भ्यागुताको बिहे गराए पानी पर्छ भन्ने जनविश्वासका आधारमा स्थानीयलेले भ्यागुतोको विवाह गरेको र आफू पनि जन्तीमा सहभागी भएको वडाध्यक्ष कोइरालाको भनाइ छ।

सो क्रममा ईन्द्र भगवानको पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर सिंगार्दै बेहुला–बेहुली बनाएर विवाह गरिएको थियो । पछिल्लो समयमा पानी नपर्दा बनमा डढेलो फैलिनुको साथै जनजीवनमा समस्या आएको भन्दै उनीहरुले भ्यागुतोको विहे गरेका हुन् । बिहेपछी पानी पर्ने आशामा उनीहरु खुशी देखिन्छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय