११ हजारको भिडमा फिल्म ‘मेयर’को अन्तिम दृश्य खिचियो !

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको मुख्य भुमिका रहेको दिपेन्द्र के.खनाल निर्देशित चलचित्र ‘मेयर’ को छायांकन सकिएको छ।

चलचित्रले छायांकन सुरु गरेको ५१औं दिनमा मुख्य छायांकन स्थल सर्लाहीमै  ‘इन्डक्ल्याप’  गरेको छ। चलचित्रको टिम यतिबेला पोस्ट प्रोडक्सनमा ब्यस्त छ । काठमाडौंको मल्ल होटलबाट छायांकन सुरुगरी सर्लाही र सिन्धुली पुगेर सम्पुर्ण छायांकन सकेको हो । फिल्मका अधिकांश दृश्य सर्लाहीमा छायांकन गरिएको छ । चलचित्र ‘मेयर’ सर्लाहीको बागमती नगरपालिकाका बर्तमान मेयर भरत थापाको बायोपिक जस्तै हो।

भरत थापाको मेयर कै भुमिकामा अभिनय गरेका खगेन्द्रको लुक्स पनि दुरुस्त देखाइएको छ।यो फिल्मको एउटै दृश्यका लागि ११ हजार भन्दा बढी भीड जम्मा गरेर अन्तिम दृश्य छायांकन गरिएको थियो।थापाकै बागमती नगरपालिका र स्थानीयको सहयोगमा यो दृश्य खिच्न सम्भव भएको निर्देशक खनाल बताउँछन् ।

फिल्ममा खगेन्द्र बाहेक वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय