‘बाहुन क्षेत्री जहाँ भेटिन्छ, घाँटी रेटिन्छ’ भन्ने शब्दको पासोमा रास्वपा उम्मेदवार !

काठमाडौं, ११ वैशाख । आउँदो वैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनमा यतिबेला उम्मेदवारहरु घरदैलो गर्दै भोट माग्न व्यस्त छन् । एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष र पुर्व सभामुख सुवास नेम्वाङको निधन भएपछि यहाँ उपचुनाव हुन लागेको हो । अहिले नेम्वाङ पुत्र सुहाङ नेम्वाङ एमाले उम्मेदवार छन् भने नेपाली कांग्रेसले पुरानै पराजित उम्मेदवार डम्बर खड्कालाई टिकट दिएको छ।

तर, इलाम-२ को निर्वाचनमा यसपटक चर्चा पाएका अन्य दुई उम्मेदवार हुन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बु र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम । डकेन्द्रलाई मुख्यतः पहिचान पक्षधरहरुको साझा उम्मेदवार भनिएको छ। पार्टीगत रुपमा पनि उनले जनता समाजवादी पार्टी (जसपा) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सहित धरानका मेयर हर्क साङ्पाङको पनि समर्थन पाएका छन् । यहि कारण पनि चुनावी प्रतिस्पर्धामा डकेन्द्र बलिया उम्मेदवार हुन् र सबैको टाउको दुखाइ बनेका छन् ।

उता,रास्वपा उम्मेदवार मिलन लिम्बुको पनि संभावना चुनावी माहोल राम्रो छ। पुर्व पत्रकार समेत रहेका लिम्बू माओवादी छाडेर रास्वपा उम्मेदवार बनेका हुन् ।तर,चुनावको मुखमा उनको केही समय अगाडिको सार्वजनिक अभिव्यक्तिले मिलन अफ्ट्यारोमा परेका छन् ।उनले पहिचानको आन्दोलन चलेको बेला “बाहुन क्षेत्री जहाँ भेटिन्छ घाँटी रेटिन्छ” भनेर बोलेको शव्दलाई अहिले अरु पार्टीले चुनावी मसला बनाएको छ। यद्यपि उनले यो अभिव्यक्ति यो चुनावी अभियानमा दिएका होइनन् ।

बैशाख १५ को चुनाव नजिक आइरहेको बेला मिलन माथी मात्रै होइन उनका पार्टी सभापति रवि लामिछाने माथी समेत अनेक आरोप आइलागेका छन् । उपप्रधान एवं गृहमन्त्री रहेका लामिछानेले सहकारी पीडित र मिटरब्याजी पीडितको लागि काम नगरेको,आफै सहकारी ठगीमा आरोपी रहेको र पहिचान र संघीयताको बिषयमा पनि पार्टी मौन रहेको आरोप उनिमाथी लगाइएको छ। चुनावी प्रचारमै इलाममा रहेका रास्वपा नेताहरूलाई समेत पहिचान पक्षधरहरुले अनेकन प्रश्न सोधेर हैरान पारेका छन् ।

इलाम-२ को निर्वाचनमा कांग्रेस उम्मेदवार डम्बर खड्का जित्नेमा ढुक्क छन् भने एमाले उम्मेदवार सुहाङ पनि बुबाको पदचाप पछ्याउँदै संसद भवन छिर्ने दाउमा छन् । तर,यी दुबै ठुला दलको चुनौती बनेका डकेन्द्र र मिलन पनि जित सुनिश्चित भएको बताइरहेका छन् । यसको फैसला भने शनिबार इलाम-२ का मतदाताले मात्रै गर्नेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय