सन्दीपको मुद्दामा आज उच्च अदालतमा पेशी,

काठमाडौं, १० वैशाख । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ ।

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट कागजात मगाउने आदेश दिएको थियो । उक्त कागजात प्राप्त भइसकेपछि अदालतले आजका लागि पेशी तोकेको थियो । अब अन्य केही अवरोधले मुद्दा नपन्छिएमा यसै साता फैसला आउन सक्ने बताइएको छ ।

जिल्ला अदालत काठमाडौँले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय