एसिसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ खेल्दै

काठमाडौं, ८ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दै छ । खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा दिउँसो सवा ४ बजेदेखि सुरु हुने छ ।

शुक्रबार भएको सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो भने हङकङ ओमानसँग ५ विकेटको हार व्यहोर्दै फाइनल होडबाट बाहिरिएका थिए । ओमान र युएईले उपाधिका लागि आइतबार खेल्ने छन् ।

फाइनल पुग्‍ने टोलीसँगै तेस्रो स्थानको खेल जित्‍ने टोली एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट हुनेछन् । इमर्जिङ एसिया कपमा टेस्ट राष्ट्रका २३ वर्षमूनिका टोली खेल्ने छन् भने एसोसियटले नियमित टोली नै खेलाउने प्रावधान छ । नेपालले हङकङलाई आज हराएमा एमर्जिङ एसिया कप भने खेल्ने छ ।

नेपाल समूह ए को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो र समुह बी को उपविजेता युएई लाई सेमिफाइनलको प्रतिद्वन्दीका रुपमा पाएको थियो । यत वर्ष नेपालमै भएको प्रिमियर कपमा भने फाइनलमा युएईलाई हराएर नेपाल एसिया कपका लागि छनौट भएको थियो ऽ

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय