पशुपतिनाथ मन्दिरको हंस मण्डपमा २५ जोडीको सामूहिक विवाह

काठमाडौं, ७ बैशाख । विश्व हिन्दू परिषद् नेपालको १२औं वार्षिकोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरको हंस मण्डपमा सामूहिक विवाह सम्पन्न भएको छ ।
परिषदका अनुसार आजको विवाह समारोहमा २५ जोडी बेहुला बेहुलीले सामूहिक विवाह गरेका हुन् । सो क्रममा परिषद्ले सबैलाई प्रमाणपत्रसमेत प्रदान गरेको थियो ।

उक्त विवाह समारोहमा वरिष्ठ कलाकार टीका पहाडी सहित अभिनेता धिरेन शाक्य लगायत कलाकारको पनि सहभागीता रहेको थियो।

