एसिसी प्रिमियर कप सेमिफाइनल: नेपालद्वारा युएईलाई १२० रनको लक्ष्य

काठमाडौं, ७ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र युएई खेलिरहेका छन् । अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनायो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५० रन बनाउँदा गुल्शन झाले २० तथा करण केसीले १७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

युएईका लागि बासिल हामिदले २ ओभरमा ४ रन दिएर २ विकेट लिए । त्यस्तै जुनेद सिद्दिकीले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए । अली नासिरले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । ओमिद रहमान, आयान अफजल खान मोहम्मद फारुखले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय