सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, तीनजनाको मृत्यु

सिन्धुपाल्चोक, ७ वैशाख। सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने कम्तिमा ४० जना घाइते छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटनामा परेको हो ।

घाइते हुनेमा दुलाहा समेत छन् ।  गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ। दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ ।

मृत्यु हुने तीनै जनाको सनाखत भइसकेको छैन । घटनाबारे थप विस्तृत विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...