सन्दीपको मुद्दामा आज पेशी हुँदै

-File Photo

काठमाडौं, ३ वैशाख । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज पेशी हुँदै छ । यसअघि चैत २३ गते पाटन उच्च अदालतले झगडिया झिकाउन आदेश दिँदै आजका लागि पेशी तोकेको थियो ।

उच्च अदालतका न्यायाधीशद्वय नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै झगडिया झिकाउन आदेश दिएका थिए । अब सन्दीपको र सरकारी पक्षको पुनरावेदनमा सुनुवाइ सुरु हुनेछ।

गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय