बिरालोले बाटो काट्नुलाई शास्त्रीय मान्यताले के भन्छ ?
के तपाईं कतै हिंड्न लागेको बेला अर्थात साइत गरेर निस्केको बेला बिरालोले बाटो काटेको छ ? अनि यदि काट्यो भने के हुन्छ ? नेपाली समाजले त्यसलाई अशुभ हुन्छ भनेको सूनिन्छ।

कतिपय त त्यो दिनको यात्रा नै रद्द गरेर अर्को दिन हिड्छन या त बाटो परिवर्तन गरेर हिड्छन। तर, त्यो मानिसको भ्रम र अन्धविश्वास मात्र हो। वास्तु तथा शास्त्रका मान्यता अनुसार बिरालोले बाटो काट्नुको अलग अलग शुभ र अशुभ अर्थ हुने बिश्वास गरिन्छ। बिरालोले बाटो काट्नुको शास्त्रीय मान्यताको बारेमा यस्ताे छ ।

-यदि तपाई कतै जाँदै हुनुहुन्छ र बिरालोले तपाईको बाटो काट्यो भने तपाई एकछिन त अवश्य नै अडिनुहुन्छ। तर यदि बिरालोले तपाईको बाटो काटेको समय तपाईको दायाँबाट बायाँपट्टि गएको छ भने त्यसलाई शुभ मान्न सकिन्छ यसको अर्थ तपाई जुन कामका लागि घरबाट निस्कनु भएको हो त्यस काममा तपाईले सफलता पाउनुहुनेछ।
-बिरालोले बाटो काटेको त्यतिबेला अशुभ हुन्छ जब कालो बिरालोले बाटो काट्छ। अन्य रंगका बिरालाले बाटो काट्नुले अशुभ संकेत दिंदैन।
-मान्यता अनुसार बिरालोले घरको सुख शान्तिको संदेश पनि प्रवाह गर्दछ।
-बिरालोले यदि तपाईको घरमा बच्चालाई जन्म दियो भने त्यसलाई शुभ मानिन्छ। बिरालो र उसको बच्चालाई हरेक दिन दुध पिलाउनाले घरमा सुख, समृद्धि छुने मान्यता रहेको छ।
-त्यस्तै यदि बाटोमा हिंडिरहेको बेला बिरालोले आफ्नो मुखमा च्यापेर केहि चिज लैजाँदै छ भने त्यसलाई शास्त्रमा शुभ मानिन्छ।