दिपेन्द्रको रेकर्ड : एकै ओभरमा ६ छ्क्का

काठमाडौं । नेपाली क्रीकेटमा दीपेन्द्र सिंह ऐरीले नयाँ रेकर्ड बनाएका छन् । शनिबार भएको खेलमा उनले एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडीको रेकर्ड बनाएका हुन् ।

नेपालका अलराउन्डर ऐरी नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेपछि यतिबेला क्रीकेटप्रेमीका बिच खुशी थपिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्ध भएको खेलमा ऐरीले एकै ओभरमा ६ छक्का हिर्काएका हुन्।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले कतारविरुद्ध २ सय १० रन जोडेको छ। सो खेलको अन्तिम ओभरमा ऐरी एक्लैले लगातार ५ छक्का हानेका थिए। यसअघि उनले मंगोलियाविरुद्ध दुई फरक ओभरमा ६ छक्का हानेका थिए। एकै ओभरमा भने यो पहिलोपटक हो।

२१ बल खेलेका उनले ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन जोडे।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय