डोल्पामा आगलागी: काठमाडौं ल्याइएका दुई सहित ३ बालकको मृत्यु

डोल्पा, १ वैशाख । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा भएको आगलागीमा परी गम्भीर घाइते भएका दुई बालकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।

बिहिबार भएको आगलागीमा परी १० वर्षीय सुलस बुढा, १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढा घाइते भएका थिए । तीनमध्ये सुलसको शुक्रबार जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो ।

गम्भीर घाइते विवश र समन्तलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार थालिएकामा शनिबार विहान उनीहरुको पनि ज्यान गएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय