एसिसी प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै

काठमाडौं, १ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा साविक विजेता नेपालले कतारसँग खेल्दै छ । खेल साँझ सवा ४ बजेदेखि अल अमेरत क्रिकेट मैदानमा हुने छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जीत हात पारेको थियो । १४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टाएको थियो । मलेसियाका कप्तान विरानदीप सिंहले ७२ रन र ३ विकेट लिएपनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन ।

कतार भने हिजै भएको पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो । हङकङले दिएको १७५ रनको लक्ष्य पछ्याएको कतारले जवाफमा १७५ रन मात्र बनाउन सकेको थियो  । कतार नेपालसामू पनि कमजोर रुपमा भने प्रस्तुत हुने छैन ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् भने समूह बी मा युएई, ओमान, बहराइन, कुवेत र कम्बोडिया छन् । दुई समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । फाइनल खेलको विजेता २०२५ मा हुने एसिया कपका लागि छनौट हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय