राप्रपाको कार्यक्रममा झडप,सांसद ज्ञानेन्द्र शाही पक्राउ
काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक एवं सह प्रबक्ता ज्ञानेन्द्र शाही सहित केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्या र पानीको फोहोरा हानेको थियो।
राप्रपाले संघीयता र धर्मनिरपेक्षताको बिरोध सहित ४० सुत्रीय माग राखेर प्रदर्शन गरेको थियोे । देशभरबाट ५० हजार नेताकार्यकर्ता सहित प्रदर्शन गर्ने तयारीमा रहेको राप्रपाले २ दिन अघिदेखि सरकार संग भिड्ने मुड बनाएको थियो।
प्रहरीले अहिले आन्दोलनकारीलाई नियन्त्रणमा लिने र धरपकड गर्ने कार्य गरिरहेको छ ।पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहित शिर्ष नेता र केही कार्यकर्ता भने भृकुटीमण्डपमा छन् ।